काठमाडौँ / सिट बाँडफाँडको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँडको टुंगो लगाउन केही बेर अघिदेखि बैठक सुरु भएको हो । 

OM Sai Pathibhara Hospital

बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेश तिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँडलाई लिएर गठबन्धन अझै अलमलमा छ । 

खासगरी पछिल्लो समय कांग्रेसमा देखिएको विवादका कारण गठबन्धनले सिट बाँडफाँड मिलाउन सकेको छैन । आसन्न निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ ।