काठमाडौं / विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा  प्रवेश गर्नै भएका छन् । स्थानीय चुनावपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका मिश्रले राप्रपासँग एकता गर्न निरन्तर वार्ता गर्दै आएका थिए । सोमबार पार्टी कार्यसम्पादन समितिबाट वरिष्ठ उपाध्यक्ष दिने औपचारिक निर्णय गराएर राप्रपा अध्यक्ष लिङ्देनले मिश्रसँग वार्ता गरेका थिए ।

मिश्रले सुरुमा अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी सहअध्यक्ष बनाउनुपर्ने बताएका थिए । तर पार्टीमा असन्तुष्टि देखिएपछि राप्रपाले राखेको वरिष्ठ उपाध्यक्षको प्रस्तावमा मिश्र सहमत भएका हुन् । त्यो छलफलमा पार्टी एकताका लागि सहमति जुटेको दुबै पक्षको स्रोतले पुष्टि गरेको छ ।