झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न स्थानमा सभा लगायतका कार्यक्रम गर्ने तय गरेका हुन् । 

OM Sai Pathibhara Hospital

घोषित कार्यक्रमअनुसार असोज २३ गते चितवन, २५ गते जनकपुर, ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, ४ गते बुटवल, १७ गते सुर्खेत, १९ गते धनगढी र २३ गते काठमाडौंमा विरोध सभा गरिने छ । 

जिल्ला समितिले पनि छुट्टै विरोधका कार्यक्रम आयोजना गर्ने जनाइएको छ । 

308346441_1043906009547998_3703350679491530545_n_kOdpf5hWMi