झापा / नेकपा एमालेको केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादव पार्टी परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । सोमबार पार्टी परित्यागको घोषणा गर्दै यादव जसपामा प्रवेश गरेका हुन्। 

यादवले धनुषा क्षेत्र नम्बर –२ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गर पनि सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्र्याए पछि उनले पार्टी परित्याग गरेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको अवमूल्यन गरेको यादवले आरोप लगाए । एमालेलाई धनुषा २ मा मजबुत बनाउनका उनको महत्वपूर्ण योगदान रहँदै आएको थियो। जसपाले यादवलाई धनुषाको क्षेत्र न. २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।