काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने  ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिकी सरकारको आमन्त्रणमा त्यहाँ पुगेका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्ने उनको  सचिवालयले जनाएको छ । यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

OM Sai Pathibhara Hospital