झापा / कार्यकालको अन्तिम समयमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यन्यायाधिवक्ता परिवर्तन गरेका छन् । मंसिर ४ गते प्रदेश सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री राईले परिवर्तन राईलाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राईलाई संविधानको धारा १६० को उपधारा (२) बमोजिम आइतबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

OM Sai Pathibhara Hospital

राईलाई प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन् ।  

खोटाङका् साकेला गाउँपालिका –२ स्थित रतम्छामा वि.सं. २०३५ वैशाख १ गते जन्मिएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बूढानीलकण्ठ नगरपालिका –९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास रहेको छ । 

यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राई मुख्यन्यायाधिवक्तामा नियुक्त भएका हुन् ।