काठमाडौं / सत्तारुढ गठबन्धनको बैठक आज आइतबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।गठबन्धनका दलहरूले आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँडको विषयमा छलफल थाल्ने गठबन्धनका एक नेताले जानकारी दिए ।

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँडबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको उहाँले बताए । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ । सोही कारण दलहरू छिटो सिट बाँडफाँड टुंगो लगाउनुपर्ने दबाबमा छन् ।