झापा  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको हो ।

यसभन्दा अघि चुनावमा सहभागि हुने की नहुने विषयमा पार्टीभित्र विवाद थियो । तर, अन्तिममा नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको केन्द्रीय सदस्य असल क्षेत्रीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

सरकारले चुनावमा जाने वातावरण नभएकोले उक्त निर्णयमा पुगिएको उनको दावी छ । सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि नेकपा झनै सरकार प्रति रुष्ट बनेको छ ।