झापा  / नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गठन गरेको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित गरेको छ ।

घोषणापत्र तयारी समितिको संयोजकमा सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेका थिए । 

OM Sai Pathibhara Hospital

उनले शर्मा नेतृत्वको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन –२०७९, घोषणापत्र तयारी समिति’ मा बुधबार थप ४१ नेताहरूलाई मनोनीत गरेका हुन् ।

देउवाले समितिमा ६ जना सह–महामन्त्रीलाई सदस्यमा मनोनित गरेका छन् । मनोनित हुने सहमहामन्त्रीहरूमा फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियार रहेका छन् । 

यस्तै समितिमा कांग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा, योगेन्द्र चौधरी, किरण यादव, रंगमती शाही, प्रा. डा. गोविन्दराज पोखरेल, सुशीला भट्ट मिश्र र नानु बास्तोला पनि मनोनित भएका छन् ।

कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनमा महामन्त्री गगनकुमार थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।

हेर्नुहोस् सूची :

asoj-05-goshana-patra-taryari-samiti-page-1-2192022095005-1000x0075935601307972161_647389533415304_509027015646414459_n