काठमाडौँ / राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा काठमाडौँको माइतीघरमा संविधान जलाएको छ ।  ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जलाएको हो । 

संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरूले ‘कालो संविधान’ भन्दै नारा लगाएका थिए। संविधान जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।  प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।