झापा / आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ । 

पहिलो दिन आइतबार चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउनुपर्छ । 

OM Sai Pathibhara Hospital

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलहरूले भने आज बन्दसूची बुझाउने भएका छन् । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ ।