झापा / जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला सङ्गठनकी अध्यक्ष अन्जु सुवेदी पनि राप्रपा प्रवेश गरेकी छिन् । गुरुङ, श्रेष्ठ र सुवेदी सहित १६४ जना राप्रपामा प्रवेश गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरूको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको बताएका छन् ।