झापा / प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फ बाट झापा क्षेत्र नम्बर २ को (ख) मा ४ जनाको नाम सिफारिस भएको छ । चार जनाको नाम सिफारिस भएपनि एमाले प्रदेश कमिटी सदस्य हरि कुमार रानाको नाम चर्चामा छ । 

अर्जुनधारा नगरपालिकाका निवर्तमान मेयर समेत रहेका राना जनमत आफ्नो पक्षमा राख्न सक्ने नेताका रुपमा परिचित छन् । उनले यसअघि तत्कालीन शनिश्चरे गाविसमा अध्यक्ष तथा अर्जुनधारा नगरपालिका भएपछि मेयरमा निर्वाचित भएर काम गरिसकेका छन् ।

राना अन्य पार्टीसँग समेत सन्तुलित सम्बन्ध कायम गर्न सक्ने नेताका रुपमा चिनिन्छिन् । गाविस अध्यक्ष तथा मेयर हुँदा विवाद बिनानै कार्यकाल अन्त्य गरेका राना विपक्षी गठबन्धनका लागी भारी पर्नसक्ने मतदाताको आकलन छ । 

OM Sai Pathibhara Hospital

झापा क्षेत्र नम्बर २ ‘ख’ मा बुद्धशान्ति गाउँपालिकाको १, २ र ३ नम्बर वडा र अर्जुनधारा नगरपालिकाको भूगोल पर्छ । जनजाति समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा हरेक निर्वाचनमा जनजाति उम्मेद्वार विजयी बन्ने गरेका छन् । बिकास प्रेमी नेताको छवि बनाएका रानाले अर्जुनधारा नगरपालिकाको मेयर भएको समयमा गरेका विकासका काम उनको लागी निर्वाचन जित्ने आधार बन्न सक्छ ।

उनिपछि २०७९ सालको निर्वाचनबाट मेयर निर्वाचित एमालेका बलदेव गोम्देनले पाएको मतलाई हेर्दा रानाको कार्यशैलीका कारण पार्टीको छवि उच्च बनेको अनुमान गर्न सकिन्छ । गोम्देनले १९ हजार १६९ मत ल्याउँदा गठबन्धन बाट उठेकी नेपाली कांग्रेसकी रञ्जिता कार्कीले १३ हजार ७४३ मत मात्र ल्याउन सफल भइन ।