चितवन / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका परियारलाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

OM Sai Pathibhara Hospital

जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।

परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए ।