झापा  / बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् । 

आगामी असोज ३ गते लन्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

महारानीको गत भदौ २३ गते मृत्यु भएको थियो । उनको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरूशुभेच्छुकहरुले काठमाडौंस्थित बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका छन् ।