कनकाई /  नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं–९ का क्रियासिल कार्यकर्ताको भेलाले गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । 

उक्त कार्य समितिको उपसभापतिमा शिव राजवंशी र लता श्रेष्ठ, सचिवमा राजेन्द्र आङबुहाङ र भोलानाथ मिश्र, सहसचिवमा जीवनकुमार श्रेष्ठ र दिवस पराजुली सर्वसम्मत चयन भएका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै सदस्यहरूमा युवराज मिश्र, गणेशचन्द्र राजवंशी, भक्तबहादुर तिम्सिना, लैनबहादुर भण्डारी, छत्रबहादुर सिवा, तीर्थकुमार नेपाल, सुस्मिता खड्का, लक्ष्मी दाहाल पाण्डे, मानबहादुर श्रेष्ठ, रचना प्रसाई, टहलबहादुर राजवंशी, दुर्गाचरण राजवंशी चयन भएका छन् ।

नवगठित समितिका पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पद तथा गोपनियताको शपथ गराएका थिए । 

भेलाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रेमप्रसाद राजवंशी, नारायणप्रसाद नेपाल, शान्ता चुडाल, झुमा आचार्य बेडारी, ढुण्डिराज ढकाल, तारादेवी थपलिया, सुरेश बास्के, मिनाकुमारी राजवंशी र मुना शिवा रहेको संगठन परिचालन समिति समेत गठन गरेको छ ।