• सरोज निरौला

काठमाडौँ / मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा माओवादी सेनाका पूर्वकमान्डर राजेश विद्रोही सप्तरीको क्षेत्र नम्बर –४ बाट चुनाव लड्ने भएका छन् । पत्रकार सँगको कुराकानिका क्रममा उनले आफूले जनताको इच्छा अनुसार सप्तरीको –४ बाट चुनाव लड्ने बताएका हुन । 

OM Sai Pathibhara Hospital

उनी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य भएपनि जनताले चाहेको अनुसार आफ्नो उम्मेदवारी हुने बताएका छन् । ‘म भन्दा ठूलो पार्टी र गठबन्धन छ तर पार्टीभन्दा पनि ठूलो मेरो लागि जनता हुन् ।’ उनले भने, ‘भोट दिने जनताले हो पार्टीले होइन । त्यसैले म जनताको इच्छा अनुसार यसपटक चुनाव लड्छु । यसपटक जनताले मलाई चुनाव उडाउँदैछन् ।’

समाजवादी पार्टी निकट मानिएका विद्रोही बौद्धिक व्यक्तिको रुपमा चिनिन्छन् । उनीमाथि समाजिक विभेद भएको कारण कलिलै उमेरमा माओवादी जनयुद्धमा हिँडेका थिए । विद्रोहीको छवि राम्रो रहेकोले चुनावमा जनताले यसपटक उनैलाई भोट दिने स्थानीय समाजिक अभियन्ता रामनाथ साहको बुझाई छ । 

उनी भन्छन् ‘देश र समाज परिवर्तनका लागि विद्रोही जस्तो एक कुशल इमानदार युवाको खाँचो समाजलाई भएकोले यसपटक गाउँघरमा उसैलाई भोट दिने चर्चा सबैतिर छ।’

अर्का समाजिक अभियन्ता सत्यनारायण भगतका अनुसार, अरुले पटकपटक विभिन्न नाममा चुनाव जितेर गए तर समाज र क्षेत्रको दुर्दशामा कुनै बदलाव आएको छैन्  त्यसैले विद्रोही जस्तो इमानदार र सक्षम युवा सप्तरी क्षेत्र नम्बर ४ ले पाएकोमा सबैले गर्व गर्नुपर्ने बताउँछन्

पार्टी वा गठबन्धनले टिकट नदिए पार्टी र गठबन्धन भन्दा माथि उठेर आफ्नो जनपक्षीय उम्मेदवारी हुने विद्रोहीको तर्क छ । विभिन्न युद्ध मोर्चा लडेका विद्रोही जनयुद्धको डाक्टरको भूमिका समेत निर्वाह गरी थुप्रैको जीवन बचाएर जनडाक्टरको नामले समेत परिचित छन् । समाजिक क्षेत्रमा समेत विना लोभलालचका साथ समाजिक जागरण अभियान समेत चलाउँदै आएका छन् ।