झापा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । बहालवाला सांसद समेत रहेकी मगरको नाम बिहिवार एकल सिफारिस भएको हो ।
२०७४ को आम निर्वाचनमा उनि वाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाजित भएकी थिईन । माओवादीकी मगरले गत निर्वाचनमा ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी कांग्रेस नेता दिवान विष्टले १९ हजार ४३७ मत ल्याएका थिए । दुवैबीच १९ हजार ५ सय ८४ मतको फरक थियो । तर, पछिल्लो समय कांग्रेसले स्थानीय तहमा राम्रो कमब्याक गरेको छ ।
मगर ०७० मा भने कांग्रेस नेता विष्टसंगै पराजित भएकी थिईन । विष्ट अहिले कांग्रेसबाट एकल सिफारिस भएका छन् । यस क्षेत्रमा गठबन्धन नगर्ने कांग्रेसले घोषणा गरिसकेको छ । विष्टले चुनावी तयारी सुरु गरिसकेका छन् ।
प्रतिनिधिसभामा कांग्रेसले यो क्षेत्रमा गठबन्धन नगर्ने घोषणासंगै पूर्वमन्त्री समेत रहेकी नेतृ मगर अफ्ठेरोमा परेकी छन् । यसअघि १९ हजार भन्दा बढी मतले विजयी भएकी मगरको कार्यशैलीका कारण धेरै माओवादी कार्यकर्ताले पार्टी छोडेका छन् । माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपाका अध्यक्ष वीरबहादुर थापा पातल नै अहिले एमालेमा सक्रिय छन् । उनलाई एमालेले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनाएको छ ।






































