तेह्रथुम / नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

माओवादी केन्द्रको जिल्ला समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो । 

OM Sai Pathibhara Hospital

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा माओवादीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बूको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ होमकुमारी लिम्बू (खापुङ) र नन्दलाल दर्नालको नाम सिफारिस भएको छ । 

त्यस्तै प्रदेश सभाको (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवाल र समानुपातिकतर्फ दिलकुमारी लिम्बू, जेतेन्द्र लिम्बू कुरुम्वाङ र सूर्यबहादुर विक सिफारिस भएका छन् ।

(ख) को प्रत्यक्ष तर्फ पोलिटब्युरो सदस्य दुर्गाप्रसाद चापागाईं सर्वसम्मत सिफारिस भएका छन् भने समानुपातिकमा चुडामणि बराल, तेजमान कन्दङवा र टीकाराम लिम्बूको नाम सिफारिस भएको छ । चापागाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्तका विश्वासपात्र हुन् ।