काठमाडौं  / प्रतिनिधि सभाका सदस्य वर्षमान पुनको विषयगत समितिमा जिम्मेवारी हेरफेर भएको छ । यसअघि संसद्को अर्थ समितिमा रहेका पुनको जिम्मेवारी हेरफेर गर्दै कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७२ बमोजिम हेरफेरका लागि मङ्गलवारको बैठकमा सहमतिका लागि सभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको छ ।

OM Sai Pathibhara Hospital

यस अघि आइतबार बसेको प्रतिनिधि सभा बैठकले १० जना सदस्यको पनि समिति हेरफेर गरेको थियो