झापा / प्रतिनिधिसभा उम्मेदवारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर –५ बाट सिफारिस भएका छन् ।

एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीका अनुसार क्षेत्रीय समन्वय कमिटीको सोमबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । 

OM Sai Pathibhara Hospital

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेले निर्णय गरिसकेको छ । योसहित क्षेत्र नम्बर –५ बाट संसदीय निर्वाचनमा ओली उठेको सातौँ पटक हुने छ ।

२०४८ पछि ७४ सम्ममा ओली ५ निर्वाचनमा विजयी भएका छन् एक पटक हार बेहोर्नु परेको थियो ।