बिर्तामोड / नेपाली कांग्रेस झापाले प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १० सहित समानुपातिक निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम  प्रदेश नं–१ र केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

पार्टी सभापति देउकुमार थेवेका अनुसार कांग्रेस केन्द्रको निर्देशन बमोजिम जिल्लाले उम्मेदवारका आकाङ्क्षीहरूको नाम छनौट गरेर सिफारिस गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभा प्रत्यक्षतर्फ झापाका पाँचवटा क्षेत्रबाट १४ जनाको नाम सिफारिस भएको छ । जसमध्ये  क्षेत्र नम्बर –१ मा महामन्त्री विश्वप्रकाश शर्मा, ३ मा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र ४ मा जिल्ला सभापति देउमान थेवेको नाम सर्वसम्मत सिफारिस भएको छ । 

झापा क्षेत्र नं–१ को प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ रामबहादुर कट्टेल, मणिकुमार उप्रेती, परमेश न्यौपाने, कालु मेचे, गोमा कुमारी भट्टराई, उषा गुरुङ, दुर्गा खतिवडा, गंगाप्रसाद संग्रौला र विश्वविजय घिमिरेको नाम सिफारिस गरेको छ । 
क्षेत्र नं– १ को (क) बाट प्रत्यक्षतर्फ गोपाल तामाङ, तारावीर कटुवाल र बालजीत राईको नाम सिफारिस भएको छ भने (क) को समानुपातिकमा महिला तर्फ राधा कार्की, विना तामाङ, रचना घिमिरे, शोभा श्रेष्ठ (नेम्बाङ) र  टिका सुवेदी आकांक्षी छन् । खुल्ला तर्फ टेकबहादुर लिम्बू र खड्गबहादुर धिमालको नाम सिफारिस भएको छ । 
क्षेत्र नं–१ (ख) को प्रत्यक्षतर्फ प्रेम सम्बाहाम्फे, लोकराज ढकाल र देवेन्द्र गौतम आकांक्षी देखिएका छन् भने बैकल्पिकमा लालबहादुर थेवे र खड्ग पन्धाक तथा समानुपातिक महिलामा झुनादेवी बानियाँ, बैकल्पिकमा सिता पोखरेल र मिरा काफ्ले पोखरेलको नाम सिफारिस भएको छ । क्षेत्र नं–१ को (ख)मा खुल्ला तर्फ चक्र शेर्माको नाम सिफारिस भएको छ । 

क्षेत्र नं–२ को प्रत्यक्षतर्फ केशवकुमार बुढाथोकी, सरिता प्रसाईँ, सुधीरकुमार शिवाकोटी, जलकुमार गुरुङ्, छत्रबहादुर गिरी, नवीनराज प्रसाई, समानुपातिक तर्फ उद्धव थापा, टिकाप्रसाद प्रसाईँ, खड्गप्रसाद प्रसाईँ, हस्त परियार, भुमादेवी घिमिरे, राधादेवी साङ्बोहाङ्, पाण्डवलाल चौधरी, युवराज विमली, हर्कलाल गिरी, विष्णुप्रसाद खरेल, उद्धिमप्रसाद उप्रेती, कञ्चना ढकाल सिटौला, केशवकुमार श्रेष्ठ, वीनकुमार विश्वकर्मा र तारादेवी कार्की आकांक्षी देखिएका छन् ।

 २ को (क) बाट प्रत्यक्षतर्फ गोपाल मैनाली, मिरा खड्का, रोशन सुवेदी, प्रकाश शिवाकोटी, कुमार भट्टराई, गोविन्दकुमार प्रधान, समानुपातिकतर्फ महिलामा सिता पौडेल, उमा शिवाकोटी, मञ्जु ओली, उर्मिला पोखरेल, लीलादेवी मैनाली, रनमाया रसाइली, पवित्रा तामाङ, खुल्लातर्फ कृष्ण हुमागाईँ, यज्ञप्रताप अधिकारी, घनश्याम चौधरी, प्रेमप्रसाद राजवंशी, रामु सिंह, प्रतिमान खड्का, युवराज प्रसाई,  युवराज दाहाल, विनोद बस्नेत, ओमकृष्ण विमली, आनन्द बस्नेत, कृष्ण श्रेष्ठ, डि.पी. चिमरिया र सजेश शिवाकोटीको नाम सिफारिस भएको छ । 

त्यसतै क्षेत्र नं–२ को (ख) बाट प्रत्यक्षतर्फ खगेन्द्र मैनाली, किरण श्रेष्ठ, हेमप्रसाद खरेल, मदनबहादुर बुढाथोकी, रुद्रप्रसाद चापागाई, नरहरी चापागाई र विशाल थापाको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ महिलामा चन्द्रकला भण्डारी, सरस्वती सिटौला गोले, लीलादेवी कटुवाल, पम्फा विश्वकर्मा, मुना भट्टराई र पुरुष तर्फ दिपक तामाङ, राजकुमार बराइली, दिपेन्द्र ढकाल, रमेश भुजेल,  डिल्लीराम सापकोटा, भोला बराल, लिलक सिटौला, जयकुमार दाहाल, मोहन सुब्बा, गोपाल चौधरी र  कर्ण तामाङ आकांक्षी देखिएका छन् । 

क्षेत्र नं –३ को प्रत्यक्षतर्फ कृष्णप्रसाद सिटौलाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सुशिला ढकाल आचार्य, राजेन्द्र घिमिरे, भारतेन्दुकुमार मल्लिक, लखन हेमरम र  डम्बरसिंह सिगुको नाम सिफारिस भएको छ । 

क्षेत्र नं –३ को (क) बाट प्रत्यक्षतर्फ भुमिप्रसाद राजवंशी र समानुपातिकबाट महिलामा शर्मिला अधिकारी, प्रमिला कोइराला, सितादेवी भट्टराई, लता कार्की, गिता खरेल, शिला तामाङ र गौरीमाया वि.क साथै खुल्लामा विजय रिजाल, सिताराम खड्का, गिताप्रसाद भट्टराई, मनप्रसाद कोइराला, बोधकृृष्ण सुवेदी, प्रेमविक्रम भट्टराई, मदन बस्नेत, मोहन महर्जन, सञ्जीवसिंह राजवंशी, खड्गबहादुर लिम्बू, हरेकृष्ण घोष, अजिम मिया, भक्तबहादुर परियार, अजय शाहेवालाको नाम सिफारिस गरेको थेवेले बताए । 

 त्यस्तै क्षेत्र नं –३ को (ख) बाट प्रत्यक्षतर्फ नवीन विमली, भगिरथ पोद्धार र भरत प्रसाईको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ महिलामा उर्मिला गौतम, रत्नाकुमारी राजवंशी, चन्द्रकला राई चाम्लिङ, पुनम चुडाल, कृष्णकली राजवंशी र समता कार्कीको नाम सिफारिस भएको छ । 
खुल्लामा टिकाराज ढकाल, खड््गप्रसाद राजवंशी, बडाराम हेमरम, लालबहादुर कन्दङ्वा, रामप्रसाद दुलाल र मनकुमार शर्मा आकांक्षी छन् । 

क्षेत्र नं –४ को प्रत्यक्षमा देउकुमार थेवेको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकतर्फ
उत्तमबहादुर चम्लागाईको नाम सिफारिस भएको छ । 

त्यसतै क्षेत्र नं –४ को (क) मा प्रत्यक्षतर्फ किरण भट्टराइर्, विनोद ढकाल, नारायण बजगाई, मचिन्द्र शेर्मा, चन्द्रमणि नेपाल, महेश्वर दुलाल र पदम रिमाल आकांक्षी देखिएका छन् भने समानुपातिकमा महिला तर्फ जयकुमारी चेम्जोङ, इन्द्रकुमारी पाण्डे, मिता सिटौला, मथुरा श्रेष्ठ, कृष्णकला कोइराला दाहालले आकांक्षा राखेका छन् ।  

त्यस्तै खुल्लामा भक्तिप्रसाद सिटौला, सन्तोषकुमार मेनेङबो, सूर्यनारायणसिंह ताजपुरिया, अधिकचन्द ताजपुरिया, यादव थेवे, दिनेश्वर राजवंशी, जेठा मुर्मु र भुपेन्द्र ढुङ्गाना आकांक्षि देखिएका छन् ।

 क्षेत्र नं –४ को (ख) मा प्रत्यक्षतर्फका आकांक्षी उम्मेद्वारहरु एकराज उप्रेती, खड्गबहादुर कार्की र जीवन गिरी रहेका छन् भने समानुपातिकतर्फ महिलामा लख्खीदेवी गणेश र कविता बस्नेत आकांक्षी छन् । खुल्लातर्फ भिमप्रसाद राजवंशी, टंकबहादुर विश्वकर्मा र मनोजकुमार पोखरेल को नाम सिफारिस भएको छ । 

यसैगरी क्षेत्र नं –५ को प्रत्यक्षतर्फका आकांक्षी उम्मेद्वारहरु महेन्द्राकुमारी सुब्बा, खगेन्द्रपाण्डव  अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडैल र मेदनीप्रसाद सिटौला रहेका छन् भने समानुपातिकतर्फ रामकुमारी पौडैल, अमर बराइली, कृष्णबहादुर धिमाल, दिलिप राई, विरबहादुर प्रसाईँ,  सत्यनारायण चौधरी, सुरेश सुब्बा, तुलसा पन्त र अनिरुद्रप्रसाद ठाकुर रहेका छन् । 

क्षेत्र नं –५ को (क) मा प्रत्यक्षतर्फ जीवनकुमार राई, राजनबहादुर ढुङ्गाना, अनिलकृष्ण प्रसाई, बुद्धिराज न्यौपाने र महेन्द्र भट्टराईको नाम सिफारिस भएको छ । 

क्षेत्र नं –५ को (क) मा समानुपातिकतर्फ महिलामा लक्ष्मी बाह्रकोटी प्रसाइ, नौतली राजवंशी, खुल्लातर्फ किशोरकुमार पौडैल, रोहितकुमार शाह, पुण्यप्रसाद सिग्देल र पदमकुमार ढुङ्गानाको नाम सिफारिस भएको छ । 

क्षेत्र नं –५ को (ख) मा प्रत्यक्षतर्फ ढण्डिराज भण्डारी, दिलबहादुर बुढाथोकी, चन्द्राकुमारी खड्का भट्टराई, शेरबहादुर भट्टराई, टिकाराज सापकोटा, देवीप्रसाद दाहाल, राजकुमार न्यौपाने, शान्ति पौडेल, घनेन्द्रराज योङ्या र सुरेन्द्र के.सी. आकांक्षी छन् । 

५ को (ख) मा समानुपातिक तर्फ महिलामा मेनुका बुढाथोकी, मन्धरा पौडैल चिमरिया, रमा लिम्बू, मिना कोइराला, खुल्लातर्फ रवि क.सी न्यौपाने, आइन्द्रविक्रम केरुङ, भुमिराज राई, पदमबहादुर बुढाथोकी, गोकुल श्रेष्ठ, उद्ववप्रसाद दाहाल, गोपाल भण्डारी, राजकुमार गौतम, रोशन विष्ट, तेजबहादुर धिमाल र राजु राउत आकांक्षी देखिएका छन् । 

आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आकांक्षीमध्ये क्षेत्र नम्बर –२ (क) बाट प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका प्रकाश शिवाकोटी, समानुपातिकबाट सजेश शिवाकोटी र क्षेत्र नं–३ को (क) बाट समानुपातिकमा उम्मेद्वारी दिएका सञ्जीवसिंह राजवंशीले भने उम्मेद्वारी फिर्ता लिएका छन् ।