झापा  / कमल थापा नेतृत्वको राप्रपा नेपालले भदौ २१ भित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । 

राप्रपाको सचिवालय बैठकले आसन्न निर्वाचनको लागि भदौ २१ गतेभित्र संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी निर्वाचनपूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरू गरेको छ । महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ । 

कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनबासामा पुगी काठमाण्डु आएर समापन हुनेछ ।

विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टी उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।