बिर्तामाेड / झापाकाे अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलाई मातृ शोक परेको छ । 

अर्जुनधारा –१० निवासी मेयर गोम्देनकी आमा सीमा गोम्देनको ६५ वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको हो । 

OM Sai Pathibhara Hospital

क्यान्सर रोगबाट पीडित सिमाको आफ्नै घरमा निधन भएको हाे  । उनकाे दिउँसो ३ बजेपछि घर नजिकै आफ्नो संस्कार अनुसार दाहसंस्कार गरिने गोम्देन परिवारले जनाएको छ ।