झापा / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले मंसिर ४ मा हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट नै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए ।
“मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर -३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु” उनले भने । कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता त्यता गएका हुन् ।