झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष आभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।

OM Sai Pathibhara Hospital

अधिकारीले यदि मेयर साम्पाङले राजिनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको संगठनको आरोप छ। 

केही दिन अगाडि धरानका मेयर साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए । 

त्यस्तै छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह समेत गरिएको छ।

मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनको भनाइ छ ।