बिर्तामोड / नेकपा एकीकृत समाजवादी झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ । 

पार्टीको जिल्ला कमिटी बैठकले आगामी मङ्सिर ४ गतेका लागि घोषित निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य अशेष घिमिरे, २ मा पोलिटब्युरो सदस्य भास्कर काफ्ले र केन्द्रीय सदस्य नीलमणि बराल, ३ मा केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोखरेल र जिल्ला अध्यक्ष वेदराज रेग्मी, ४ मा केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती र क्षेत्र नं ५ मा केन्द्रीय सदस्य इन्द्र बुढाथोकीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को (क) मा बिपी भट्टराई र सुभद्रा भट्टराई, (ख) मा दुर्गा भट्टराई र परशुराम शङ्कर , क्षेत्र नं २ को (क) मा श्री सिटौला, चन्द्रकला घिमिरे र तीर्थ सिग्देल , (ख) मा प्रत्युस राना, होम दुलाल र दुर्गा आचार्यको नाम सिफारिस भएको जनाइएको छ ।