काठमाडौँ / नेकपा (माओवादी केन्द्र) ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

बैठकको निर्णय अनुसार प्रत्यक्ष र समानुपातिकमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन् ।

समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन मातहतको कमिटीलाई निर्देशन दिएको छ ।

यसरी सिफारिस भएका नेताको नाम २० भदौ भित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ ।