झापा / नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि छलफल जारी रहने भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको हो । 

छलफलका लागि बनाइएका विभिन्न ९ समूहले प्रतिवेदनमा समूहगत छलफल गरेपछि अध्यक्ष ओलीले आज नै जवाफ दिने तय भएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो । आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

OM Sai Pathibhara Hospital

आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायत एजेन्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।