धरान / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान पुगेर वृक्षरोपण गरेका छन्। 

आज (शुक्रबार) धरान उपमहानगरपालिकाले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुँदै प्रचण्डले वृक्षरोपण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

शुक्रबार धरान पुगेका प्रचण्डले उपमहानगरको आयोजनामा वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरेकाे धराका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए ।

केहीदिन अघि धरानका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा प्रचण्डलाई रूख रोप्न निम्ता गरेका थिए।  साम्पाङको नेतृत्वमा धरानमा हरेक शुक्रबार वृक्षरोपण कार्यक्रम आयोजना हुने गरेको छ।