काठमाडौं / सत्तारुढ आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो ।

पहिलो चरणको अभियान आज (भाद्र १०) देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

OM Sai Pathibhara Hospital

अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।

अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् । अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरूबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।