झापा / नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको इलाममा दुई वटै निर्वाचन क्षेत्रबाट समाजवादीले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

नेकपा एसले प्रतिनिधिसभा सदस्यका लागि इलाम–१ मा पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरेको छ भने इलाम–२ मा युवा संघका केन्द्रीय उप–महासचिव सञ्जीव राईको नाम सिफारिस गरेको छ ।

OM Sai Pathibhara Hospital

प्रदेशसभा सदस्यका लागि इलाम –१ (क र ख) मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरेको छ । खिनु प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री हुन ।

इलाम–२ (क र ख) मा हरि बाला, प्रमीला बस्नेत, सञ्जीव राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी इलामले जनाएको छ ।