काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँणले हज यात्रामा जाने अन्तिम टोलीलाई बिदाई गरेका छन् । 

साउदी अरबको मक्कामदिनामा जाने हज यात्रीलाई शुक्रवार मन्त्री खाँणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गृहमन्त्रालयको सचिवालयका अनुसार अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रबार अन्तिम टोली हज गर्नका लागि मक्कादिना प्रस्थान गरेका हुन् । 

हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । असार ६ मा पहिलो टोली मक्कामदिनातर्फ प्रस्थान गरेको थियो । हज यात्रीहरू ३४ दिनपछि नेपाल फर्कनेछन् ।