काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ

संसद्‌ सचिवालयका अनुसार आज सांसदहरुले बजेटबारे उठाएका प्रश्नको गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले जवाफ दिने छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै विभिन्न सांसदले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी विक, नरबहादुर धामी, भानुभक्त ढकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, विमला बिक, लालबाबु पण्डित, गोकुल बाँस्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज सिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।