ताप्लेजुङ /  ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एकीकृत समाजवादीका छिरिङ लामा विजयी भएका छन् । कुल १८ मतदातामध्ये १० मत प्राप्त गरेर जिसस प्रमुखमा लामा विजयी भएका हुन् ।  । 

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत पाएका थिए । 

OM Sai Pathibhara Hospital

नौ स्थानीय तह रहेको गठबन्धन तर्फ नेपाली कांग्रेसका ६, माओवादीका ५ र नेकपा एकीकृत समाजवादीका १ मतदाता थिए भने एमालेका ६ मतदाता थिए । समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद लिङ्खिम लिम्बू निर्विरोध निर्वाचित भइसकेका छन् । 

गठबन्धनको दुई मत नेकपा एमालेका उम्मेदवारलाई गएको पछिल्लो मत परिणामले देखाएको छ । जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धन तर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । 

दलित वा अल्पसंख्यक तर्फ माओवादी केन्द्रका सन्तोष राई, महिलातर्फ काँग्रेसका चन्द्रकला दाहाल, सविता लिङ्देन र हेमन्ता पौडेल मिश्र तथा अन्यमा नेकपा एकीकृत समाजवादीका रवीन्द्रकुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र काँग्रेसका विष्णुप्रसाद तिवारी निर्वाचित भएका मतदान अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।