काठमाडौं  / वर्तमान सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य संकट समाधानमा कुनै चासो नदेखाइएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निचोड निकालेको छ । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद विष्णु पौडेलले सम्भावित खाद्य सङ्कटको विषयमा बजेटमा मौनता साधिएको बताए । 

OM Sai Pathibhara Hospital

 उनले भने, “दुनियाँले खाद्य सुरक्षाका लागि कदम चालिरहेको छ । भारतले गहुँ, चामल, चिनीजस्ता खाद्य सामाग्री निर्यात रोकेको छ । तर, सरकारलाई सम्भावित खाद्य संकट सम्बन्धी कुनै चासो छैन । महत्त्वपूर्ण बजेटमा सम्भावित खाद्य सङ्कटलाई सम्बोधन भएन ।”