विराटनगर / प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । 

गणतन्त्र दिवसको अवसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने कामको शुरु भएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका मन्त्री कार्कीले नेपालमा संघीयता सफल हुँदै गएको बताए । बेलायतमा रहेका नेपालीहरू सङ्गठित से संस्था नेपाली कांग्रेसको भ्रातृ संस्था हो । 

नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला लगायतका नेताहरूले छिमेकी राष्ट्र भारतको शिक्षाले नेपालमा प्रजातन्त्र आएको उदाहरण दिदै समुन्द्र पारीको देश बेलायत लगायतका देशबाट बिकास र समृद्धि नेपाल लान सबैमा आग्रह गरेका छन्

“स्विट्जरल्याण्डमा १५ हजार जनसंख्या भएका प्रदेश छन् । आजको बिहारको परिवर्तन प्रदेश सरकारकै पहलमा सम्भव भएको हो,” कार्कीले भने, “प्रदेश सरकारले सबैभन्दा चाँडो सेवा दिन सक्छ । प्रदेशमा राम्रो गरेकै कारण भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बन्नुभयो ।”

उनले भारतको विकासमा गैरआवासीय भारतीयहरूको ठूलो भूमिका रहेको बताउँदै गैरआवासीय नेपालीहरूलाई पनि नेपालको बिकासमा हातेमालो गर्न र विदेशबाट पैसा होइन सीप र ज्ञान नेपालमा लैजान आग्रह गरे। 

नेपालका दुई तिहाइ भन्दाबढी राजनीतिक पार्टीका सांसदहरुको समर्थनमा बनेको अहिलेको गैरआवासीय नेपाली संघको नेतृत्वलाई नागरिकता निरन्तरताको लागि पहल कदमी गर्न पनि आह्वान गरेका छन् ।