काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीको सहयोग बिनै चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई चुनौती दिएका हुन । 

OM Sai Pathibhara Hospital

विहीवार एमाले अध्यक्ष ओलीले आफूहरू कसैको बैशाखी टेकेर अघि नबढ्ने भनेर प्रचण्डलाई कटाक्ष गरेपछि प्रचण्डले त्यसको जवाफ दिएका हुन ।

प्रचण्डले ओलीलाई भने –‘प्रतिपक्षी दलको नेताले एक्लै प्रधानमन्त्री भएको भ्रम हटाइदिनुस् । पहिलो पटक माओवादीको सहयोगमा तपाईँको भाषामा बैशाखी टेकेर र दोस्रो पटक माओवादीको भोटले प्रधानमन्त्री भएको हो ।’