काठमाडौं  / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष ओली अहिले रन्थनिएकोले उनका कुरालाई गम्भीरतापूर्वक लिनु आवश्यक नभएको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसद्को रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको बताउँदै थापाले यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए ।

OM Sai Pathibhara Hospital

थापाले भने, – ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौँ बसेर बोल्ने ? यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’