झापा / प्रदेश –१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले विना अध्ययन क्षणिक लोकप्रियताको लागि कर छुट गर्दा देशलाई थप संकट आउने बताएका छन् ।

मन्त्री आङ्वोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले आयातित वस्तुको कर घटाएर खपत बढाउने भन्ने कुरा अर्थसम्बन्धी अनविज्ञता र क्षणिक लोकप्रियताको उपज भएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, –‘आयातित वस्तुमा कर घटाएर खपत बढाउने, बिनाअध्ययन क्षणिक लोकप्रियताको निम्ति राजश्वको विभिन्न क्षेत्रमा छुटको घोषणा गर्ने, सामाजिक सुरक्षा एवं अनुत्पादक क्षेत्रमा हुने लगानीको प्रतिस्पर्धाले अर्थतन्त्रमा थप संकट आउँछ।’

उनले सार्वजनिक जिम्मेवारीमा रहेका सबैले बेलैमा सचेत बन्नुपर्ने समेत बताएका छन् ।