बाजुराको बुढीगंगा नगरपालिकाका १० ओटै वडामा फेरि चुनाव गर्ने निर्णयको बाजुरामा चर्को विरोध भएको छ। बिहीबार निर्वाचन आयोग नेपालले बुढीगंगामा फेरि चुनाव गर्ने निर्णय गरेको थियो।

सो निर्णयको विरोधमा सदरमुकाम मार्तडी र बुढीगंगा नगरपालिकाका डाव, फालासैन, ताप्रिसेरा लगायतका आधा दर्जन स्थानमा विरोध जुलुस, चक्काजाम र प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले वैशाख ३० गते भएको मतदानको मत गणनाको माग राख्दै सरकार, जिल्ला प्रशासन, प्रहरी र निर्वाचन आयोगको विरोध गरेका छन्।                       बुढीगंगाका २,३, ५ र ९ नम्बर वडामा एमालेले धाँदली गरेको आरोप लगाउदै कांग्रेसले फेरि चुनावको माग गरेको थियो। भने कांग्रेसले पनि ४ र ७ नम्बर वडामा धाँधली गरेको जिकिर एमालेको छ। तर एमालेका तर्फबाट बुढीगंगाका मेयरका उम्मेदवार रामबहादुर बानियाँले आफू चुनाव हार्ने भएपछि सत्ताको दुरुपयोग गरेर कांग्रेसले अनेकौं तिकडम गरिरहेको बताउँछन्।