चितवन / चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । 

ललितपुर प्रहरी स्रोतका अनुसार उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको हो । 

OM Sai Pathibhara Hospital

दाहाल सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको थियो । 

घाइते दाहाललाई उपचारका लागि ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उनको टाउकोमा टाँका लगाइएको र प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।