काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध प्रदर्शन गरेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीविरुद्ध रोष्टमबाट अभिव्यक्ति दिएपछि एमालेका सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा मन्त्री बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन् । 

एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन् । आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने एमाले अध्यक्ष ओलीको आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएका छन् ।