काठमाडौँ / काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौँलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने घोषणा गरेका छन् । 

उनले काठमाडौँलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित मेयर शाहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताए । उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने बताए ।

OM Sai Pathibhara Hospital

नवनिर्वाचित मेयर शाहले भने, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको सुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौँलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’