काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मत र एमालेका केशव स्थापितलाई २३ हजार ६५० मतान्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार साह काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

साहले ६१ हजार ७६७ मत ल्याउँदा काङ्ग्रेसकी सिंहले ३८ हजार ३४१ र एमालेका स्थापितले ३८ हजार ११७ मत ल्याए ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।