काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् ।

बिहीबार बसेको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै ओलीले सभामुख माथि यस्तो आरोप लगाएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले भनेका छन्, – ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरूको भदौ १ गते सम्माननीय सभामुख कहाँ हामीले प्रस्तुत गरिएको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’