बिर्तामोड / स्थानीय तह निर्वाचनमा निर्वाचित झापाका चार पालिकाका प्रमुखले सपथ ग्रहण गरेका छन् । 

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले कमल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र मेचीनगर, गौरादहका प्रमुखलाई आज सपथग्रहण गराएका हुन् । 

OM Sai Pathibhara Hospital

सपथ ग्रहण गर्नेमा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, कमलका अध्यक्ष हुकुमसिंह राई, गौरादहका प्रमुख छत्रपति सुवेदी र मेचीनगरका प्रमुख गोपाल बुढाथोकी रहेका छन् । 

१५ वटा स्थानीय तह रहेको झापामा ११ पालिकाका प्रमुखले यसअघि नै सपथ लिइ सकेका छन् । यी चार पालिकामा भने ढिलो मत गणना सकिएकाले आज सपथ लिएका हुन् । 

सपथ ग्रहण गरिसकेपछि उनीहरूले आफ्नो पालिकाका उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूलाई सपथ ग्रहण गराउने छन् ।