काठमाडौँ / गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ३२ वडा रहेको कामपामा हालसम्म ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । 

धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र वडा नम्बर १४ र १५ मा पनि गणना अन्तिम चरणमा पुगेकाले आजै साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजयी हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।

त्यसैगरी हालसम्मको मतपरिणा अनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डङ्गोलको जित हुने देखिएको छ ।