काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

OM Sai Pathibhara Hospital

‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ ओलीले भने, प्रस्थान विन्दु के हो ? आदि के हो, मध्य के हो ? थाहा छैन ।’