काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्तिको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । 

बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीको तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वास प्रति सधैँ इमानदार रहन समेत बताएका छन् ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीबाट देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।